मुुगु । जिल्लाको छायानाथ रारा नगरपालिका–८ चुुगाँ गाउँका दलित समुदाय ४७ वर्षदेखि नजरबन्द जस्तै जीवनयापन गर्दै आएका छन् । रारा राष्ट्रिय निकुुञ्जभित्र रहेको यस गाउँका स्थानीय निकुञ्जको नीति नियम कानुनका कारण उनीहरू नजरबन्द जस्तै जीवनयापन गर्दै आएका हुन् ।
रारा राष्ट्रिय निकुुञ्ज स्थापना हुनुभन्दा अघिदेखि बसोबास गर्दै आएका चुुगाँ गाउँका ३० घरधुरीका दलित समुदाय निकुुञ्जको नीति नियम, कानुुनले हैरान भएको बताउँछन् । रारा राष्ट्रिय निकुुञ्जको स्थापना ०३२ सालमा भएको हो । निकुुञ्ज स्थापनापछि रारा राष्ट्रिय निकुुञ्जभित्र रहेका छाप्रुु र रारा दुई गाउँका स्थानीयलाई नेपाल सरकारले बाँकेको लिचिसापानी स्थानान्तरण गरेकोे थियो ।
तर चुुगाँ गाउँ दलित बस्ती भएकै कारण निकुञ्जभित्र रहेको चुुगाँ गाउँका दलित बस्तीलाई सरकारले पनि वास्ता गरेन आफूहरू ४७ वर्षदेखि निकुुञ्जको नीतिनियमले जंगली जनावरसरह बाँच्नुपरेको ८० वर्षीय वृद्ध जयराम विकले बताए । उनका अनुुसार निकुुञ्ज भित्रको बसाई कष्टपूर्ण भएको र राज्यको सेवा सुविधाबाट वञ्चित हुुन परेकोले बस्ती स्थानान्तरणका लागि जिल्लाका नेतादेखि रारा राष्ट्रिय निकुुञ्जसम्म जानकारी गराउँदा पनि सुुनुवाई नभएको बताए ।
स्थानीय युवा रतन विकका अनुसार बस्ती निकुुञ्जको कोर एरियाभित्र पर्ने भएकाले राज्यबाट आउने सेवा सुुविधा निकुुञ्जकै कारण रोकिने गरेको बताएका छन् । गाउँमा कुनै पनि बिकासी योजना आउँदा आफूखुसी सञ्चालन गर्न पाइँदैन, निकुुञ्जसँग अनुमति माग्न जाँदा निकुञ्जले दिन मान्दैन निकुुञ्जको नीति नियमभन्दा बाहिर जान मिल्दैन भन्दै अनुुमति नदिँदा गाउँमा आएका विकासका योजना निर्माण गर्न सकस भएको बताए ।
गाउँमा स्वास्थ्यचौकी छैन, गर्भवती महिलालगायत अन्य बिरामीलाई अस्पताल लैजानका लागि आधा घण्टासम्म डोकोमा बोकेर रोडसम्म लैजानुुपर्ने बाध्यता छ । गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य सबैको समस्याका बाबजुत जीवनयापन गर्न बाध्य भएका स्थानीय बताउँछन् ।
यसैबीच रारा राष्ट्रिय निकुुञ्जभित्र रहेको चुुगाँ गाउँ दलित बस्तीमा जंगली जनावरको सास्ती पनि उत्तिकै रहेको छ । चुुगाँ गाउँका स्थानीयको निकुुञ्जभित्रै नापी भएको जग्गा छ । आफ्नो जग्गामा खेतीपाती गरेको सबै जंगली जनावरले सखाप पार्ने गरेका स्थानीय ६० वर्षीय वृद्ध लाल धरा विकले बताइन् । उनका अनुसार वर्ष भरी खेतीपाती ग¥यो पाक्ने बेला जंगली जनावर, बाँदर, बँदेल चराचुुरुंगी लगायतले सखाप पार्ने गरेका छन् ।
यो गाउँमा हरेक समस्या छ, नजरबन्द सहर बाँच्नुुको विकल्प छैन उनले भनिन् चरिचरन घाँस दाउराको पनि उत्तिकै समस्या छ । घर बनाउन पुुर्जी भनेअनुसार पाइँदैन, घाँस दाउरा गर्न जंगल जाँदा निकुुञ्जका कर्मचारीले दुःख दिने गरेका स्थानीय प्रेमबहादुर कामीले बताए ।
छायानाथ रारा नगरपालिका–८ का वडा अध्यक्ष कर्णबहादुर रावलका अनुसार चुुगाँ गाउँ दलित बस्तीले निकुञ्ज प्रशासन, जंगली जनावरको बर्सेनि सास्ती खेप्नुुपरेको बताएका छन् ।
उनका अनुसार बस्ती स्थानान्तरणका लागि पटकपटक कुरा उठे पनि कार्यान्वयन भएको छैन । रारा राष्ट्रिय निकुुञ्जको नीति नियम र कानुन, जंगली जनावरको कारणले चुुगाँ गाउँका नागरिक आजित भएका र बस्ती स्थानान्तरणका लागि वडा स्तरबाट सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको अध्यक्ष रावलले बताएका छन् ।
यता रारा राष्ट्रिय निकुुञ्जका वन संरक्षण अधिकृत बिश्व बाबुु श्रेष्ठका अनुसार जनावर बस्ने स्थानमा मानव बस्ती बस्दा पक्कै पनि केही समस्या हुने गरेको बताएका छन् । रारा राष्ट्रिय निकुुञ्ज विशेष गरी जंगली जनावरको बासस्थान हो । जनावरको बासस्थानमा मानव बस्तीले अतिक्रमण गरेर बस्नुु उचित हँुदैन ।
समुदायको तर्फबाट हेर्दा निकुुञ्ज भित्रको बसाईले मानवलाई समस्या भयो भन्ने होला तर निकुुञ्जको तर्फबाट हेर्ने हो भने निकुञ्ज भित्रको मानवबस्तीका कारण जंगली जनावरलाई अन्याय भएको जस्तो देखिन्छ । बस्ती स्थानान्तरणका लागि कुरा आएको भन्ने आफूले सुुनेको बताउँदै संरक्षण अधिकृत श्रेष्ठले निकुञ्जभित्र बस्ती बस्नुु राम्रो हुँदैन भने । निकुञ्जभित्र रहेका रारा छाप्रका बस्तीलाई जसरी बस्ती स्थानान्तरण गरेर बाँकेको चिसापानी, गाभारमा जसरी सारिएको छ त्यसरी चुुगाँ गाउँको बस्तीलाई सार्दा उपयुक्त हुने र यसको लागि सबैले सहयोग गर्नुपर्ने संरक्षण अधिकृत श्रेष्ठले बताए ।
मुगु
प्रतिक्रिया