रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएको छु : माधव नेपाल

गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउनुपर्ने बताएका छन् ।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ लाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुंगो लगाइनेछ’, उनले भने ।

रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ ।

उनले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो सयमसम्म टिक्ने दाबी गरे ।

प्रतिक्रिया