दुर्घटनामा घाइते सहायक हवल्दारको मृत्यु

काठमाडौं । नेपाल प्रहरीका सहायक हवल्दार जनक धामीको मृत्यु भएको छ । बिहीबार मोटरसाइकल दुर्घटनामा परेका धामीको उपचारका क्रममा आइतबार बिहान ज्यान गएको हाे ।

सहायक हवल्दार धामी ट्राफिकमा कार्यरत थिए । धनगढीको मोहनापुल–अत्तरिया सडकमा उनले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

सवारीसाधान चेकजाँचका लागि राजपुर गइरहेको बेला गाईसँग ठोक्किएर दुर्घटना भएको थियो । मेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएकाे छ ।

प्रतिक्रिया