चैत २२ गते मनकामना केबुलकार बन्द हुने

काठमाडौं । मनकामना केबुलकारको टावर मर्मत सम्भारको लागि यहि चैत २२ गते (बुधबार) १ दिनको लागि केवुलकार सेवा बन्द हुर्ने भएको छ ।

जस अनुसार केवुलकार टावरको मर्मत सम्भार सकिएलगत्तै यही चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत रहनेछ ।

कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नती गरेको छ । साथै, यसबाट यात्रुहरुमा पर्न जाने असुविधाको लागि कम्पनीले क्षमा मागेको छ ।

प्रतिक्रिया