धनगढी । कैलालीमा अनेरास्ववियु ५ र अखिल (क्रान्तिकारी) ४ क्याम्पसमा विजयी भएको छ । आइतबार कैलालीका ९ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु ५ र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ४ वटा क्याम्पसमा विजयी भएको हो ।
अनेरास्ववियुबाट ऐश्वर्य बुहुमुखी क्याम्पसमा कुवेर खड्का, बुलबुले बहुमुखी क्याम्पसमा पुष्पा खाती, खप्तड बहुमुखी क्याम्पसमा पुष्कर अवस्थी, चौमला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा र लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सेना सभापतिमा विजयी भएका छन ।
त्यस्तै अखिल (क्रान्तिकारी) बाट रघुनाथ बहुमुखी क्याम्पस जोशीपुरमा विनिता चौधरी, महुन्याल बहुमुखी क्याम्पस भजनीमा अर्जुन खत्री, राष्ट्रिय बहुमुखी क्याम्पस सुखडमा सुन्दर गौतम र घोडाघोडी बहुमुखी क्याम्पसको सभापतिमा प्रेम बोगटी विजयी भएका छन ।
नेविसंघले भने कुनै क्याम्पसमा सभापति जित्न सकेन । वीरेन्द्र विद्या बहुमुखी क्याम्पस टीकापुरमा सोमबार निर्वाचन भएको छ भने नतिजा आउन बाँकी छ । कैलाली बहुमुखी क्याम्पस र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत ८ गते निर्वाचन हुँदै छ ।
कैलाली
प्रतिक्रिया