वीरगञ्जकाे एक उद्योगमा प्रहरीको छापा

पर्सा । वीरगञ्जका एक उद्योगमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले वीरगञ्जको आदर्शनगरमा रहेको पिन्कि गुट्का उद्योगमा छापा मारेको छ ।


वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको पछाडि रहेको निरन्जन अग्रवालले संचालन गर्दै आएको उक्त उद्योगको गोदाममा प्रहरीले छापामारी गरी सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालयले पर्सा जनाएको छ ।

च्युगम बनाउने केमिकल आयातमा अग्रवालले राजस्व छली गरेको आंंशकामा प्रहरीले गोदामा छामामारी गरिएको प्रहरीको भनाइ छ । बिषय परिवर्तन गरि गुणस्तरहीन केमिकल आयात गरि चपाउने च्यूगम उत्पादन भइरहेको सुचनाका आधारमा गोदाम सिलबन्दी गरिएको प्रहरीको श्रोतले जनाएको छ । सुचनाको आधारमा छापामारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए ।

अनुसन्धान भइरहेकाले अहिले नै सबै कुरा भन्न नमिल्ने प्रवक्ता गिरीको प्रतिक्रिया थियो । उनले आइतबार राजश्व कार्यालय, उद्योग बाणिज्य संघ लगायतका प्रतिनिधिको उपस्थितीमा चेकजांच गरिने बताए । यस सम्बन्धमा उद्योगपति निरन्जन अग्रवालसँग बुझन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया