कालिकोट । नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराईले दुर्गममा बाटो खन्नका लागि सडकमा बसेका नेपाली सेनालाई मार्नु क्रान्ति नभएको बताएका छन् ।
नेकपा एमालेले सुरु गरेको ग्रासरुट अभियानअन्तर्गत आज कालिकोट पुगेका भट्टराईले नेकपा माओवादी केन्द्रलाई लक्षीत गर्दै माओवादीका हिंसात्मक गतिविधिले दुर्गम जिल्लाहरु झन दुर्गम बन्दै गएको आरोप लगाए ।
कर्णाली राजमार्गको पिली सडक खण्डमासडक निर्माण गर्ने नेपाली सेनालाई मार्नु कुनै पनि क्रान्ति नभएको उनले बताए । सशक्त द्वन्दमा कालिकोट मात्रै नभई रोल्पा, रुकुम, जाजरकोटजस्ता जिल्लाहरुमा पनि हिंसात्मक गतिविधिले विकासमा बाधा उत्पन्न भएको नेता भट्टराईले बताए ।
नेकपा एमाले कालिकोटले आयोजनाले गरेको पार्टी अभिमुखकिरण कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका भट्टराईले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपालको राजनैतिक अस्थिरतातिर लैजान खाजेको आरोप लगाए ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासय पार्न प्रचण्डले समस्या पर्दा कम्पुनिष्टसँग मिल्ने र सत्ता मोहमा दक्षिणपन्थीको पाउ पर्नुले देश गम्भीर दुर्घटनामा परेको भट्टराईले बताए । प्रचण्ड बामपन्थी नभएर उग्र बामपन्थी र अवसरवादको खोजिमा दौडिने पात्र भएको उनले आरोप लगाए ।
देशमा आर्थिक मन्दि भइरहेको बेला सरकार फेरबदल र पदमोहमा जानुले देश दुर्दशा लागेको उनले बताए । नेकपा एमाले आफ्नो समर्थन फिर्ता गरेर सरकारबाट बाहिरएको छ । अब देशको मुख्य प्रतिपक्ष दल भएर जनतामाझ नयाँ बन्ने सरकारका गलत गतिविधिहरुको भण्डाफोर र एमाले सरकारले गरेका कामको जानकारी दिन ग्रास लेभलमै रहिरने भट्टराईले बताए ।
राष्ट्रपति विद्यादेवि भण्डारीले महिलाको अधिकारका लागि लड्दा नेकपा माओवादी र नेपाली कांग्रेसले महिलाको अधिकार जे छ उसैमा ठिक छ भन्दै सदनमा बोलेको अहिले पनि कानमा गुन्जिएको भट्टराईले बताए । राष्ट्रपति विद्यादेवि भण्डाकारीको पहलले महिलालाई ३३ प्रतिशत अधिकार मिलेको पनि उनले दाबी गरे ।
नेता भट्टराईले नेकपा एमाले नेपाली जनताको मनमुटुमा रहेको जिकिर गर्दै प्रत्येक टोल–टोलमा एमाले छाएको बताए । उनले संसदमा एक्लै लड्न र सरकार बनाउन नसक्ने भएपछि मुसा मार्ने बिरालो र रेविज रोग लागेका स्यालहरुको समूह मिलेर बाघसँग लड्न नसक्ने बताए ।
एमाले भनेको पार्टीहरु भित्रको बाघ रहेको भट्टराईको भनाई थियो । जनतासामु कुन मुख लिएर भोट माग्न आउलान् भन्दै सरकार फेरबदल र पद मोहले जनता दिक्क भइसेको पनि उनले बताए ।
कार्यक्रममा केन्द्रिय स्थायी कमिटी सदस्य यमलाल कँडेल, पोलिटब्युरो सदस्य गोरख बोगटी, नेकपा एमालेका केन्द्रिय सदस्य दल रावललगायत नेकपा एमालेका जिल्लास्तरीय नेता तथा कार्यकताहरुको सहभागीतम रहेको थियो ।
कालिकाेट
प्रतिक्रिया