सुदूरपश्चिममा मुख्यमन्त्रीको सपथसँगै दुई मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही नियुक्त भएका छन् । आज दुबै जना मन्त्रीमा नियुक्त भएका हुन् । (एकीकृत समाजवादी)बाट शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन्। उनलाई मन्त्री बनाउने एकीकृत समाजवादीले निर्णय गरेको थियो । शाही बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एसका शाही र कांग्रेसका देउवालाई मन्त्रीको शपथ गराए ।

देउवा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज हुन्। शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बनेका हुन् । नेकपा (एमाले)बाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख जोशीले शाहलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया