बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका भकुण्डे बिपी राजमार्गस्थित एक बसले बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनीसँगै राजमार्ग अवरुद्ध गरेका छन् ।

बा २ ख ७३४२ नम्बरको काठमाडौंबाट भकुण्डेतर्फ आउँदै गरेको बसले बिहीबार दिउँसो बाटोमा हिँडिरहेकी ८ वर्षीया दिविसा अधिकारीलाई ठक्कर दिँदा घटनास्थलमै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्युपछि लगत्तै आक्रोशित स्थानीयले बसमा आगजनी गरी राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया