‘छड्के २’ को ट्रेलर

काठमाडौं । निगम श्रेष्ठ निर्देशन गरेको चलचित्र ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ । दुई समूहबीचको द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रमा अभिनेता अनमोल एउटा समूहको नाइकेको रुपमा देखाइएको छ । खलनायक अवतारमा देखिएका उनले एउटा समूहका केटाको हात तरबारले काटेको दृश्य ट्रेलर देखाइएको छ ।

एक मिनेट ४६ सेकेण्डको उक्त ट्रेलरले दुई समूहबीचको लडाइँलाई देखाइएको छ । चलचित्रमा अभिनेता अनमोलसँगै, रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ । फागुन १९ बाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको कथा निर्देशक निगमले लेखेका हुन् ।

प्रतिक्रिया