पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आफ्नो २०७९/८० को दोस्रो कार्यकालको दोस्राे विशेष अधिवेशनको गाउँसभा सम्पन्न गरेको छ । सभा पटेर्वा सुगौली गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो । अधिवेशन गाउँसभाको उदघाटन पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरीले गरेका थिए । गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन भएको बैठकमा गाउँपालिका उपाध्यक्ष ममता महतो, पटेर्वा सुगौली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्षहरू बिजय गैरे गिरी, बिपिन मुखिया, फरमान मियाँ, माधव राउत थारु, बासु पंजियार थारु, कार्यपालिका सदस्यहरू, वडासदस्यहरु र कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
सभामा प्रमुख प्रसाशकीय अधिकृत सन्देश यादव र शिक्षा शाखा प्रमुख शम्भु साहले पनि मन्तब्य दिएका थिए । सभा कार्यपालिका सदस्यहरुले उठाएका बिभिन्न प्रश्नहरुको जवाफ दिंदै गाउँपालिका अध्यक्ष चौधरीले बिगतमा भएका कमिकमजोरीलाई सच्याउँदै गाउँपालिकाका सम्पूर्ण कार्यहरुलाई जनमैत्री तथा चुस्त दुरुस्त बनाउँने बताए ।
कार्यक्रममा २०७९/०८० मा हाल सम्म कार्यक्रमको प्रगती समिक्षा, बिभिन्न कार्यक्रम संशोधन सम्बन्धमा, बिभिन्न विधेयक स्वीकृत गर्ने समबन्धमा र कर्मचारी दरबन्दी स्वीकृत गर्ने ४ वुँदामा विशेष छलफल गरि पारित गरिएको थियाे ।
पर्सा
प्रतिक्रिया