धनगढी । जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएको छ । उनको शनिबार काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
कलेजो र मृगौला रोगबाट पीडित कलेल दुई साताअघि उपचारका लागि काठमाडौं गएका थिए ।
कैलालीको गौरीगंगा नगरपालिकाको मसुरिया घर भएका कलेल नेपाली कांग्रेसका तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका थिए ।
कैलाली
प्रतिक्रिया