पाँचथर । फिदिम नगरपालिका ८ घुमाउनेटारमा गएराती घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएकाे छ । आगलागीमा परेर २ जना घाईते भएका छन् । जलेर मृत्यु हुनेमा २३ वर्षिय आसाङसिंङ थेवे र २२ वर्षिय ममता गुरुङ रहेका छन् । स्थानिय मेघ बहादुर गुरुङको घरमा गएराती १.३५ बजेको समयमा अचानक आगलागी भएको हो। आगाेलागिमा उनकी बुहारी आसाङसिंङ र छोरी ममताको आगलागीमा परी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।
आगलागी परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् । अन्य ३ जना भने भाग्न सफल भए। आगलागी बाट घर पूर्ण रुपमा क्षति भएको छ ।अन्नपात,गरगहना,किराना पसल गरेर अनुमानित ५० लाख जतिको क्षति भएको हुन सक्ने डिएसपी खतिवडाले बताए। अन्य कारण नदेखिएको हुँदा विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागी नियन्त्रणका लागि अस्थायी प्रहरी चौकी तमाखे रानीटार बाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको ५ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय पाँचथर बाट डिएसपी हरि खतिवडाको कमाण्डमा थप २५ जना प्रहरी परिचालन भएको थियो ।
स्थानियवासी,२ वटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी ३ घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अग्नि पिडितहरुलाई छिमेकमा रहेको एउटा घरमा राखिएको छ । फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले, पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपाने लगायतको टोली घटना स्थल पुगी उनीहरुलाई जिल्ला दैविक विपत्त ब्यवस्थापन समिती तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मार्फत खाद्यन्न तथा लत्ताकपडा दिने तयारी भइरहेको जनाएको छ ।
प्रतिक्रिया