धनगढी । सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज (सोमबार) बस्ने भएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा अधिवेशनको पहिलो बैठक बस्ने भएको हो ।
प्रदेशसभा अधिवेशन आज दिउँसो १ बेजेबाट सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठकमा प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेशसभाको बैठक आह्वान गरेको पत्र सुनाउने, शुभकामना आदानप्रदान गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेकोमा आइतबार बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रदेश प्रमुख देवराज जोशीले यहि पुस १४ गते संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभा अधिवेशनको आह्वान गरेका थिए ।
कैलाली
प्रतिक्रिया