बझाङ । प्रदेश कृषि कार्यक्रम प्रभावकारी कार्यान्वयन तथा समन्वयसम्बन्धी एकदिने अन्तत्र्रिmया सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमकाबीच कृषि विकास निर्देशनालय दिपायल डोटीको आयोजनामा बझाङको सदरमुकाम चैनपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा कृषि विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी केशव पाण्डेले आर्थिक वर्ष ०७९÷८० मा सञ्चालन हुने कार्यक्रमहरू के—के हुन, सुदूरपश्चिम प्रदेशमा कृषिका लागि माटोको अवस्था कस्तो छ, कृषि बालीमा देखापर्ने रोगहरू के के हुन्, कृषिका लागि गर्नुपर्ने कुराहरू के के हुन् लगायतका विषयमा आप्mनो प्रस्तुतीकरण राखेका थिए ।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले स्थानीय तह र ज्ञान केन्द्र बिचको समन्य समधुर हुनुपर्ने बझाङ जिल्लामा उत्पादन भएको आलु, बन्दागोभी, मह, धनगढी महेन्द्रनगर बजारमा निर्यात भएको र कृषि ज्ञान केन्द्रको पहलमा जिल्लाको थलारा गाउँपालिका, साइपाल, बुगल नगरपालिका लगायतका पालिकाका केही ठाउँहरूमा स्याउका बोटविरुवाहरू लगाउन सुरु गरिएको र जिल्लामा उत्पादन हुने हंसराज चामलाई प्याकेजिङ गरेर बजारमा पठाउने तयारी भइरहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्य समितका अध्यक्ष नरबहादुर बोहराले पछिल्लो समयमा हामी सबैले रैथाने फलफूल र अन्नहरूलाई बिर्सेर बजारमा आएको फलफूल र आन्नबालीहरूलाई बढी प्रयोग भइरहेको र यसलाई हामी सबैले रोक्न पहल गर्नुपर्ने र पछिल्लो समय कृषि ज्ञान केन्द्रकै पहलमा बझाङ जिल्लामा उत्पादन भएको आलु, मह, भगालो, बन्दागोभी, लगायतका बस्तुहरूको धनगढी महेन्द्रनगर काठमाडांैका बजारमा पठाउन सफल भएकोमा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख विष्टलाई धन्यवादसमेत दिएका थिए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शैलेन्द्र रोकायाले प्रदेश सरकार केन्द्र सरकार र स्थानीय सरकारबाट कृषिका लागि जिल्लामा लाखौँ करोडौँ रकम विनियोजन भए तापनि वास्तविक कृषकहरूले नपाएको र आगामी दिनहरूमा यसलाई कम गर्न पहल तीन ओटै सरकारले पहल चाल्नुपर्ने बताए । कार्यक्रमा कृषक समूह गाउँपालिकाका अध्यक्ष पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बझाङ
प्रतिक्रिया