नेवि संघ रौतहटको अध्यक्षमा लामिछाने

रौतहट । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्षमा अधिकार लामिछानेलाई जिम्मेवारी दिइएको छ  । नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्ष पद रिक्त भएको र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले लामिछानेलाई जिम्मेवारी दिइएको हो । नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौँ संसोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन गर्ने गरी अधिकार लामीछानेलाई नेवि संघ रौतहट जिल्ला अध्यक्ष पदको लागी जिम्मेवारी दिइएको नेपाल विद्यार्थी संघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउन आफु हर समय तत्पर रहने लामिछानेले बताए ।

प्रतिक्रिया