बझाङ । जिल्लाको मष्टा गाउँपालिका– १ भित्र रहेका निम्न माध्यामिक विद्यालय र माध्यामिक विद्यालयहरुमा इलोक्ट्रोनिक हाजिरी हुने भएको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका– १ का वडाध्यक्ष रामचन्द्र रोकायाले वडाध्यक्षसँग जनता कार्यक्रमर्गत वडाभित्रका विद्यालहरुले गणस्तरीय शिक्षा दिन सहज होस् भन्ने उदेश्यले इलोक्ट्रोनिक हाजिरी वितरण गर्रीएको वडा अध्यक्ष रोकायाले बताए ।
रोकायाका अनुसार वडाभित्र रहेका घचाया माध्यामिक विद्यालय कोटदेवल, सरस्वती माध्यामिक विद्यालय रनाडा, र सुर्मादेवी आधारभूत विद्यालय लेकी, र माईतिबन निम्न माध्यामिक विद्यालय रनाडामा पहिलो चरणमा इलक्ट्रोनिक हाजिर गर्ने मेसिन वितरण गरिएको बताए ।
इलक्ट्रोनिक हाजिरी वितरण कार्यक्रममा बोल्दै मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले विद्यालयमा इलोक्ट्रोनिक हाजिरी सुरु गर्नु राम्रो कार्य भएको र उक्त कार्यले शिक्षकहरु नियमित विद्यालयमा उपस्थित हुने तथा शिक्षकहरुको मासिक रुपमा आए–गएको निगरानि हुने र यसले गुणस्तरीय शिक्षा दिन सहयोग मिल्ने बताए ।
सो कार्यक्रममा कार्यपालिका सदस्य प्रकास ओखेडा, तुलसी द्वाल र वडा सदस्य शिवराज खड्का, जुनधारा सार्कीलगायत शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षकहरुको सहभागीता रहेको थियो ।
बझाङ
प्रतिक्रिया