धनगढी । कैलालीको धनगढीमा तीन दिन भुवा पर्व मनाइने भएको छ । बाजुरेली सेवा समाज धनगढीले पुस ८ गते (शुक्रबार) देखि १० गतेसम्म भुवा पर्व मनाउन लागेको हो ।
बाजुरेली सेवा समाज धनगढीले बिहीबार पत्रकार सम्मेलन गर्दै परापूर्वक कालदेखि सुदूरपश्चिमको बाजुरा जिल्ला लगायतका अन्य पहाडी जिल्लामा मनाइँदै आएको भुवानाच पर्व लोक सांस्कृति र धार्मिक सहिष्णुणता वोकेको हुँदा यो पर्व नयाँ पुस्तामाँझ लोप हुँदै गएकोले यस पर्वको धार्मिक, सास्कृतिक तथा ऐतिहासिक महत्वलाई उजागर गरि नयाँ पुस्तामा जर्गेना गर्नका लागि प्रोत्साहन गर्ने उदेश्यले मनाउन लागिएको जनाएको छ ।
भुवा पर्व बाजुरा, बझाङ, अछाम र डोटीमा मनाउने चलन रहेको बाजुरेली सेवा समाजका संरक्षक कुलबहादुर हमालले बताए । बाजुरा जिल्लामा पुर्खौली घर भइ हाल कैलाली र कञ्चनपुरमा वसोवास गर्दै आएका बाजुरेलीहरुले यहाँ बिगत केही वर्षदेखि भुवा पर्व मनाउँदै आएको हमालले बताए ।
भुवा पर्वमा ढाल तरवारको नाच देखाउने विजय जुलुसको रुपमा उत्सव मनाउने चलन रहेको उनले बताए । पहाड तिर यो पर्व पुसको औँशीदेखि पूर्णीमासम्म १५ दिन मनाउने चलन भएपनि कैलालीमा ३ दिन मनाइने आयोजकले जनाएको छ । बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले यसको जगेर्ना गर्न खोजिए पनि टिपिकल खालको भुवा खेल्न नसकिरहेको बताए ।
भुवा पर्व मुढा बालेर सुरु गर्ने चलन रहेको बताउँदै उनले त्यसपछि गाउँका नायकले सबैलाई टीका लगाएर सुरु गर्ने चलन रहेको बताए ।
भुवा पर्व धार्मिक ऐतिहासिक तथा समाजिक एकताका रूपमा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा परापूर्व कालदेखि मनाइने स्थानीय महत्वपूर्ण पर्व भएको समाजका सचिव रामचन्द्र जोशीले बताए । भुवापर्व धनगढीको खुलामञ्चमा मनाइने र शुक्रबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
किन मनाइन्छ भुवा पर्व ?
पाण्डव र कौरवबीचको युद्ध हुँदा पाँच पाण्डवहरुले सय कौरवमाथि विजय प्राप्त गरेको खुशियालीको रुपमा यो पर्व मनाउने गरेको जानकारहरु बताउँछन ।
महाभारत ग्रन्थमा मुख्य रुपमा चन्द्रवंशीको दुई परिवार कौरव र पाण्डवबीच भएको युद्धको बारेमा वर्णन गरेको पाईन्छ । महाभारतको लडाईमा पाँच पाण्डवको पक्षमा विजय भएको देखिन्छ । यस युद्धलाई अधर्मका विरुद्ध लडेको धर्म युद्ध अर्थात सत्य न्यायका लागि लडेको युद्ध मानिन्छ ।
भुवा पर्व मनाउनुको मुख्य उदेश्य पाण्डवले कौरवमाथि विजय प्राप्त गरेपछि सत्यले असत्यमाथि विजय प्राप्त हुन गएकाले विजय उत्सवको रुपमा यो भुवा पर्वको थालनी भएको मान्न सकिने बाजुरेली सेवा समाजका संरक्षक हमाल बताउँछन् ।
भुवा पर्वको सुरुवात मुढा जलाएर सुरुवात गर्ने गरिन्छ । यस पर्वमा पञ्चेबाजाको तालमा पुरुषले ढालतरवार हातमा लगेर भुवाचालिनाच, लाखेनाच, हरिनुनाच, लगायतका महाभारतको युद्ध झल्किने नाचहरु देखाइने गरेको हमाल बताउँछ्न ।
कैलाली
प्रतिक्रिया