पाँचथर । आगोमा जलेर पाँचथरमा ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ । फिदिम नगरपालिका– १३ फेजुङ गैरिगाउँमा बुधबार बिहान ७ः३० बजे घरभित्र सुतिरहेको ठाउँमा जलेर ९२ वर्षीया सुक्मती नेम्वाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकीले धुवाँ पुत्ताएको देखेपछि रानिटार अस्थायी प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरीको टोलीले घटनास्थलमा हेर्दा अगेनो छेउमा सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर जल्दा उनको मृत्यु भएको डिएसपी हरि खतिवडाले जानकारी दिए ।
घरभित्र वृद्धा जलेको र घर भने नजलेको उनले बताए । नेम्वाङ घरमा एक्लै बस्दै आएकी थिइन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको खतिवडाको भनाइ छ। नेम्वाङ घरमा एक्लै बस्दै आएकी थिइन् ।
प्रतिक्रिया