बझाङ । नेपाली कांग्रेस साईपाल गाउँकार्य समितिले आज साईपाल गाँउपालिकाको कार्यालयमा ज्ञापन पत्रमा बुझाएको छ । सदरमुकाम चैनपुरमा रहेको सम्पर्क कार्यालयमा नेपाल कांग्रेसका नेता कार्यकर्ता र स्थानीयहरुले प्रमुख प्रशासकिय अधिकृत समक्ष ज्ञापन पत्र बुझाएका हुन् । नेपाली कांग्रेस साईपाल गाउँ कार्यसमितिका सभापति रामबहादुर बोहराद्वार हस्ताक्षरित वज्ञिप्तिमा स्थानीय सरकारले भौगलिक बिकटताको कारण जनतालाई सेवा सुविधा दिन निकै कठिन भइरहेकोमा स्थानीय सरकार मनोमानी ढङ्गले राजनीतिक पुर्वाग्रह राखेर सञ्चालन भइरहेको आरोप लगाइएको छ ।
बिज्ञप्ति भनएिको छ, ‘जनतालाई सेवा सुविधा छिटो छरितो दिनुपर्ने र वडा १, २, ४ र ५ मा छिटो छरितो खाद्यान्न ढुवानी गर्नुपर्ने, कर्मचारी भर्ना प्रकृयागत हुनुपर्ने , जनताको सेवा सुविधा छिटो छरितो र सहज बातावरणमा हुनुपर्ने , गाउपालिका र प्रत्येक वडाहरुमा नियमित रुपमा वैठक बसाल्नु पर्छ ।’
त्यस्तै सदरमुकाम चैनपुरमा गाउँपालिकाको सम्पर्क कार्यलय आवश्यक मात्र घरभाडा लिनुपर्ने, कर्मचारी ब्यबस्थापन नभएको स्टाफ बैठक बसि कर्मचारीलाई जिम्मेवारि दिनुपर्ने, वडा ४ को रामखोला झुपु निर्माणकार्य छिटोछरितो अगाडी बढाउनुपर्न, गाउँपाकिकाबाट बिनियोजित बजेट डोजर खरिद र सडक निर्माणलाई छिटोछरितो कार्यनयन गरिनुपर्ने लगायतका मगहरू ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।
बझाङ
प्रतिक्रिया