आगामी माघमा ‘टिका पुन सांगीतिक साँझ’ हुँदै

काठमाडौं । आगामी माघ २१ गते शनिबारका दिन लोक तथा दोहोरी गायिका टिका पुनको ‘टिका पुन सांगीतिक साँझ’ हुने भएको छ । उक्त सांगीतिक साँझ काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने गायिका पुनले जानकारी दिइन् ।

साथै, उक्त कार्यक्रमलाई कर्णाली कलाकार समाज, कर्णाली युथ भोलीन्टियर्स, कालीकोटका युवा नेता तथा समाजसेवी ब्यक्तित्व भुपेन्द्र जंग शाहीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

केही दिपछि पत्रकार सम्मेलन गरी कार्यक्रमको सम्पूर्ण तयारीबारे जानकारी गराउने गायिका पुनले पुनले बताइन् । सांगीतिक साँझ कार्यक्रमको आयोजना दर्पण संगीतालय र सत्यवती कला केन्द्रले सहकार्य गर्ने गायिका पुनले बताइन् ।

गायिका पुनले आवाज दिएका गीतहरु लालुपाते फुल छैन रुख मात्रै, सलल बगेको भेरी नदी, क्षितिज पारी उनको बस्तीमा, म पूजा गर्छु मायाको, एबिसिडि, समाजको बन्धन, छोरी पाए, यो मार्मिक सन्देश, जुनमा पनि दाग छ, तिम्रो दर्शन पाईन, पोखरा फेवाताल घुम्नलाई, मत जुनीजुनीलगायत गीतहरुले चर्चा बटुल्न सफल भएका छन् ।

झण्डै १८ वर्ष अघिदेखि सांगीतिक क्षेत्रमा आवद्ध रहँदै आएकी गायिका पुनले ६ हजारभन्दा बढी गीतहरुमा आवाज दिइसकेको सुनाइन् ।

सुर्खेतमा जन्मिएकी गायिका टिका पुनको कर्म घर भने दाङमा रहेको छ । गायन पेशामा लगाव राखेर काठमाडौंलाई कर्मथलो बनाएकी उनी विभिन्न संघ संस्थाहरुमा पनि आवद्ध छन् ।

गायिका पुन दर्पण संगीतालयको कार्यक्रम सञ्चालिकासमेत हुन् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निवर्तमान सहकोषाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया