डोटीबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित

धनगढी । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । आले निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेका आलेले २७ हजार २१० मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिष्पर्धी एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरि पराजित भएकी छन् । कुल ६३ हजार ५५२ मत खसेको र ४९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अघिल्लो निर्वाचनमा पनि डोटीबाट तत्कालिन एमालेबाट आले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । आलेले एमाले विभाजनपछि एकीकृत समाजवादी पार्टी रोजेका थिए । आलेले डोटीबाट २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।

प्रतिक्रिया