नवलपुरमा शशांकको अग्रता कायमै, पछ्याउँदै स्वतन्त्रका राजन

कावासोती । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन् ।

मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार ७ सय ९ मत प्राप्त गरेका छन् ।

कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका छन् भने नेकपा (एमाले) का कृष्ण पौडेलले १० हजार ३ सय ७ मत प्राप्त गरेका छन् ।

पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राखेका छन् ।

कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार ८ सय ७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया