जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित

जुम्ला । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको जित सुनिश्चित भएको छ । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका शाहीले १४ हजार १२१ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ७ हजार ८६ मत पाएकी छिन् ।

एमालेका रतननाथ योगीले ४ हजार ५८२ मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ७०५ मत पाएका छन् । जुम्लामा अहिलेसम्म २७ हजार ३३८ मत गणना भइसकेको छ ।

प्रतिक्रिया