कांग्रेसका तिमल्सिनाको अग्रता, माओवादीका भट्टराई जित नजिक

चन्द्रपुर । रौतहट क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवप्रसाद तिमल्सिनाले आफ्नो अग्रता कायमै राखेकका छन् ।

चन्द्रपुर नगरपालिकाको १० वटै वडाको मतगणना हुँदा तिमल्सिनाले १४ हजार ७ सय ६७ मत ल्याएका छ्न् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उद्धब रेग्मीले १२ हजार २ सय ६० मत ल्याएका छ्न् ।

तिमल्सिनाले अहिले २५ सय ७ मतका साथ अग्रस्थानमा छ्न । त्यस्तै क्षेत्र नम्बर ४ प्रदेशसभा (क) मा माओवादी केन्द्र विजय नजिक पुगेको छ । माओवादीका उम्मेदवार युवराज भट्टराई ९ हजार ८ सय २० मतका साथ अग्रस्थानमा छ्न् ।

त्यस्तै एमालेका अखिलेश्वर चौधरी ७ हजार १ सय ४३ मतका साथ दोस्रो र नेकपा एसका बालकृष्ण श्रेष्ठ ६ हजार ४ सय ९ मतका साथ तेस्रो स्थानमा छ्न् । कांग्रेस र माओवादी केन्द्रले यो क्षेत्रमा गठबन्धन छ ।

प्रतिक्रिया