धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरले नेकपा एमालेका उम्मेदवार लेखराज भट्टलाई पछि पार्दै अग्रता लिएका हुन् ।
सुरुवाती अग्रता बलायरले लिए पनि भट्ट र बलायर अघिपछि हुँदै आएका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४२ हजार २२९ मत गणना हुँदा कांग्रेसका बलायरले १७ हजार ३३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भट्टले १५ हजार ५३८ मत प्राप्त गरेका छन् ।
२ हजार ८ सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सत्ता गठबन्धनका उम्मेदवार रहेका बलायर कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुन् भने भट्ट एमालेका केन्द्रीय सचिव हुन् । दुवै जना पूर्वमन्त्री समेत हुन् ।
सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट भट्टले निर्वाचन जितेका थिए । नेकपा विभाजनपछि भट्ट एमालेतिर लागेका थिए ।
कैलाली
प्रतिक्रिया