चितवन–२ मा रवि लामिछाने दाेब्बर मतले अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले १३ हजार ६४१ मतसहित अग्रता कायम राखेका छन् ।

लामिछानेले नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेदवार उमेश श्रेष्ठको कुल मतभन्दा एक हजार ४५७ बढी मत प्राप्त गरेका छन् ।

अहिलेसम्म दोस्रो स्थानमा रहेका पोखरेलले ६ हजार २४९ मत पाएका छन् । श्रेष्ठले पाँच हजार ९३५ मत प्राप्त गरेका छन् । पोखरेल र श्रेष्ठको कुल १२ हजार १८४ मत रहेको छ । यी दुई उमेदवारले पाएको भन्दा लामिछानेले बढी मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया