सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत । सुर्खेतको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित भएका छन् ।नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढाक्षेत्रीलाई ५ हजार ६७ मतान्तरले पछि पार्दै सत्ता गठबन्धनका साझा उम्मेदवार थानी निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको ७६ हजार ४२२ मतमध्ये थानीले ३४ हजार ६२५ र बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनाराले ४ हजार ६०१ मत प्राप्त गरे । कांगे्रसका पूर्व केन्द्रीय सदस्य थानी सुर्खेत–२ बाट २०५६ सालको प्रतिनिधिसभा र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ आएको यो नतिजा पहिलो हो ।

प्रतिक्रिया