काठमाडौं १० बाट नेपाली कांग्रेसका राजेन्द्र केसी निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा काठमाडौंको क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । नेकपा एमालेका हिमेश केसीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

यो क्षेत्रमा सत्ता गठबन्धनले गठबन्धन गरेको थिएन । यहाँ नेकपा माओवादी केन्द्रबाट अन्जना विशंखे प्रतिस्पर्धामा उत्रिएकी थिइन् ।

केसीले यो क्षेत्रमा दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएपछि उनी चर्चामा आएका थिए ।

प्रतिक्रिया