कांग्रेसका विश्वप्रकाश शर्मा साढे ६ हजार मतान्तरले अगाडि

सुरुङ्गा । झापा क्षेत्र नम्बर १ मा ३४ हजार ४ सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार ५ सय ७३ मतले पछि पारेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।

प्रतिक्रिया