कैलाली– १ मा रञ्जिताको अग्रता कायमै, पछ्याउँदै कांग्रेस र एमाले

धनगढी । कैलाली १ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता बढाउँदै लगेकी छन् । सुरुवातदेखि नै अग्रता लिएकी श्रेष्ठले १ हजार ५०२ मतगणना हुँदा ६९१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै उनलाई पछ्याइरहेका गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीले ४११ र नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले १८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया