बाँके । बाँकेको कोहलपुरमा गस्तीमा हिँडेको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३–०१–००२ झ ५११२ नम्बरको गाडी सम्झना चोकबाट कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
प्रतिक्रिया