काठमाडाैं । लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपिल गरिएकाे छ । लोकतान्त्रिक वाम गठवन्धनका शिर्ष नेताहरूले विज्ञप्ति जारी गर्दै साे अपिल गरेका हुन् ।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गरेका हुन् । अपिलमा उनीहरुले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन भनेका छन्। संविधानको भावनाअनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराउनुपर्ने उनीहरुको भनाइ छ ।
संयुक्त अपिल
प्रतिक्रिया