शीतगङ्गालाई विकास गर्ने भुसालको प्रतिवद्धता

सन्धिखर्क । नेपाली कांग्रेसकी नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसालले नेपालकै सबैभन्दा ठूलो शीतगङ्गा नगरपालिकाको विकासका लागि विशेष क्षेत्र बनाउने बताएकी छन् ।

शीतगङ्गा नगरपालिका– १२ को रजियामा भएको चुनावी बुधबार प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँचीबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार भुसालले भौगोलिक अवस्थाले जटिल रहेको शीतगङ्गा नगरलाई विशेष क्षेत्र बनाएर विकासको नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

रोजगारी र शिक्षाको कारण गाउँमा मानिस बसाइँसराइ गरेको भन्दै उनले अर्घाखाँचीमा सुविधा सम्पन्न कलेज र प्राविधिक विषय पढाइ हुने कलेज खोल्नुपर्ने बताइन् । उनले अर्घाखाँचीका युवालाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने बताइन् ।

अर्घाखाँची प्रदेशसभा २ का उम्मेदवार कमलप्रसाद भुसालले नेपाली कांग्रेसको नेतृत्वमा हरेक आन्दोलन र परिवर्तन भएको बताइन् ।

प्रतिक्रिया