पर्सा । तिहार तथा छठ पर्वको अवसरमा आजदेखि पर्साको धोबिनी गाउँपालिका ३ गुलरिया खेलमैदानमा जारी पहिलो उपाध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गरिएको छ । उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको नेपाली कांग्रेसका नेता बशिष्ट नारायण प्रसाद कुर्मी र गाउँपालिका उपाध्यक्ष मन्जु देबीले उदघाटन गरे ।
सामुहिक युवा टिम गुलरियाद्वारा आयोजना गरिएको प्रतियोगिताको उदघाटन गर्दै कुर्मीले खेलबाट मस्तिक र शारीरिक विकास हुने बताए ।
उनले भने, ‘खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ प्रतियोगताको उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष मन्जु देवीको अध्यक्षतामा भएको थियो ।
उदघाटन कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्यामकिशोर प्र पटेल, वडा ३ का वडाध्यक्ष राजकिशोर प्रसाद कुर्मी, वाईसीएल केन्द्रीय सदस्य सन्तोष पटेल, क्षेत्रीय सचीव बलिष्टर अहमद , स्वास्थ्य संयोजक सन्जय यादव , योजना प्रमुख पप्पु पटेल, ईन्जिनियर रबिभुसन पटेल, दिनेश प्रसाद कलवार, हरिशंकर पटेल, अमन पटेल, धर्मेन्द्र पटेल , इमरान आलम, गाया यादव, मनोज मियाँ , बासदेव तिवारी, रामषिश कुर्मी, इसरायल देवान, प्रदीप पटेल, रामबाल राउत, नागिमा देवी, इबराहिम मियाँ, रिना देवी, पवन पटेल लगायत , जनप्रतिनिधि र स्थानिय नेता, कर्मचारी हरुको सहभागिता रहेको थियो ।
आज धोबिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका बीच भएको खेलमा धोबिनी गाउँपालिका क्रिकेट टिमले पहिलो टस जितेर गरेको ब्याटिङमा १९ ओभर खेलि १० बिकेट गुमाउदै १०७ रन बनाएको थियो भने ।
जगरनाथपुर गाउँपालिका क्रिकेट टिमले २० ओभरमा १० बिकेट गुमाउदै १०५ रन बनाए र पराजित भएको थियो । आजको खेलमा धोबिनी ले २ रन बाट जित हासिल गरेक छन । खेलको म्यानअफ दि म्याच धोबिनीका खेलाडी राकेश पटेलले ३० रन बनाउदै ३ बिकेट लिएको थियो।
पर्सा
प्रतिक्रिया