पाँचथरको सुरक्षा अवस्था अनुगमन

पाँचथर । जिल्लाको आठवटा पालिकाको सुरक्षा व्यवस्था अनुगमन सकिएको छ । सोमबार दक्षिणमा रहेको मिक्लाजुङ पालिका रबिमा अनुगमन गरिएको डिएसपी हरि खतिवडाले जानकारी दिए ।

निर्वाचन क्षेत्र र सुरक्षा, सुशासन, अनुगमन गरिएको थियो।नागरिक स्तरबाट नागरिकता, आत्महत्या, न्युनिकरण, प्रहरी जनशक्ति थप गरिनुपर्ने सवाल नागरिकबाट उठेको पाइएको छ ।

जिल्लाका एक नगर र ७ पालिकामा रहेका प्रहरी चौकी, इलाका चौकीमा अनुगमन सहित बिभिन्न किसिमका हुने हिंसा न्यूनीकरणका सचेतना, नागरिक सुनुवाई समेत कार्य गरिरहेको डिएसपी खतिवडाले जानकारी दिए । अनुगमनमा सिडिओ गणेश गैरे, सुरक्षा अधिकारीहरुको उपस्थिति हुने गरेको छ । अनुगमन निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्था र नागरिकबीच संवाद सहितको अवस्था अनुगमन गर्दै लैजाने डिएसपी खतिवडाको भनाइ रहेको छ।

प्रतिक्रिया