पाँचथर । नेकपा एमाले फिदिम नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । नगर अध्यक्ष जलकुमार तामाङको अध्यक्षता, प्रदेश कमिटी सदस्य आसा रत्न जबेगुको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले बिभिन्न बिषयमा निर्णय गरेको छ ।
बिस्तारित बैठकले निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत १४ वटा वडाहरु मा कार्तिक १२ गते देखि चुनाव भरि कार्यकर्ता परिचालन, टोल टोलमा पुगेर जनताका समस्या पहिचान गर्दै भोट हाल्न र माग्न सर्कुलर गरिएको नगर अध्यक्ष जलकुमार तामाङले बताए ।
संघ र प्रदेशका उम्मेदवारलाई जिताउन सबै तहका नेता कार्यकर्ता लाग्न भनिएको छ ।बैठकमा एमाले उप–सचिव पृथ्वी लावतीले केन्द्रको घोषणा पत्रमा स्थानीयका समस्या जोडेर घर दैलोमा पुग्न र पुराउन कार्यकर्ताको कर्तव्य रहेको बताए । केहि वडाहरुले बैठकमा स्थानीय निर्वाचनमा भएको खर्च तिर्न बाँकी रहेको र आर्थिक बिभाग धान्न कठिन भएको बताउदै जिल्ला पार्टीले बिचार पुर्याउनु पर्ने वडा कमिटी अध्यक्षहरुले सुझाव राखे । बैठकमा एमालेको अवस्थाबारे रिपोटिङ गर्ने क्रममा उक्त सुझाव राखेका थिए ।
प्रतिक्रिया