बझाङ । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीयल) बझाङ जिल्ला कमिटीको वैठक सम्पन्न भएको छ । आज (सोमबार) एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्र बझाङको सभाहलमा विभिन्न प्रस्तावहरु पारित गर्दै बैठक सम्पन्न भएको हो ।
आजको बैठकले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा एक वुथ एक सय वाईसीयल सदश्य परीचालन गर्ने, गठवन्धनलाई विजयी गराउन अन्य पार्टीका युवा संङ्गठनसँग समन्वय गर्ने र एक टोल एकसय वाईसीयलको संङ्गठन निर्माण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, जिल्लामा भएका अन्याए अत्याचार विरुद्ध आवाज उठाउने, प्रत्येका वाईसीयल सदश्यले आत्मनिर्भर भई पार्टी र संङ्गठनको हितमा काम गर्ने लगाएतका विषयमा छलफल भएको वाईसीयल बझाङका जिल्ला संयोजक प्रेम धामीले बताए ।
कार्यक्रममा वाईसीयल केन्द्रीय उप–महासचिव दिलबहादुर थापा (तुफान), नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष टोपबहादुर खड्का, वाईसीयल केन्द्रीय सचिव सुर्यकला थापा, प्रदेश कमिटी सदस्य भिम भण्डारी, गम्भीर थापा (प्रदिप), प्रदेश सदस्य देवकी मल्ल, शान्ती नेपाली वाईसिल बझाङ इञ्चार्ज रविन विसी (प्रतिविम्व) लगायत नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
बझाङ
प्रतिक्रिया