पर्सा । सशस्त्र प्रहरीले भारी मात्रामा अवैध मालसामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल, नेपाल पर्सा वीरगञ्ज महानगरपालिका– २४ स्थित रामगढवामा विओपी ड्राईपोर्टबाट खटिएको ०५ जना र विओपी सिर्सियाबाट खटिएको ०५ जनाको संयुक्त टोलिले बिल बिजकभन्दा बढी मालसमान लोड गरेको अवस्थामा रु २३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ बराबरको कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरीको सामान तथा ईलेक्ट्रिक सामानसहित तीन वटा ट्रकलाई सोमबार राति ११ः३० बजेको समयमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १३ गण पर्साले जनाएको छ ।
ट्रक हित बरामद भएको मालसमान समेतको मूल्य रु १ करोड १३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ मुल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशस्त्र प्रहरी वल १३ नम्बर गण पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष कुमार वस्नेतले बताए ।
सशस्त्र प्रहरीलाई प्राप्त भएको विशेष सूचनाको अधारमा प्रहरीले उक्त समान बरामद गर्न सफल भएको वस्नेतले बताए । जय माँ दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ३ ख १००९ नम्बरको ट्रकको सामानको मूल्य रु १०,५४,६३६ रहेको, त्यसैगरी श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख ७१ नम्बर ट्रकमा भएको सामानको मूल्य रु ९,३२,६८० रुपैयाँ र श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख १८७८ नम्बरको ट्रकको सामानको मुल्य रु ३,६१,५३७ लाख मुल्यांकन भएको सशस्त्र प्रहरी नायब उपरीक्षक वस्नेतले बताए ।
पर्सा
प्रतिक्रिया