जिसस इलामको छैटौं सभा : नीति तथा कार्यक्रम पारित, तीन विषयगत समिति गठन

इलाम । जिल्ला समन्वय समिति इलामको छैटौं जिल्ला सभा विभिन्न निर्णय गर्दै शुक्रबार साँझ सकिएको छ । जिल्ला समन्वय प्रमुख जयप्रकाश राईको अध्यक्षता र प्रदेश १ का पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाको प्रमुख आतिथ्यतामा भएको सभाले तीनवटा विषयगत समिति गठन गरेको छ ।

जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धी ऐन, २०७५ बोजिम संचालित सभाले पूर्वाधार विकास समिति, आर्थिक विकास ममिति र सामाजिक विकास समिति गठन गरेको छ । विकास कार्यमा समन्वय र प्राकृतिक प्रकोप र विपद् व्यवस्थापन सम्बन्धि कार्य गर्न रणबहादुर राईको संयोजकत्वमा पूर्वाधार समिति गठन भएको हो । समितिका सदस्यहरुमा सदस्य प्रेमराज गुरुङ, राजेन्द्र केरुङ, दिपेन्द्र खनाल र हरिबहादुर लुङ्गेली चयन भएका छन् ।

अनुगमन कार्य, सूचना तथ्याङ्क तथा अभिलेख व्यवस्थापन कार्य गर्न हेमन्त राईको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । सदस्यहरुमा पविमाया राई, शेरबहादुर खालिङ, विष्णुकुमारी दहाल र मनिकुमार स्वाङबो चयन भएका छन् ।

त्यस्तै क्षमता विकास कार्य र भाषा कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन सम्बन्धि कार्य गर्न चित्रकला बराईलीको संयोजकत्वमा सामाजिक विकास समिति गठन भएको छ । समितिका सदस्यहरुमा तृष्णा लोहार, हिमा भण्डारी, कुशबहादुर थेवे र विनोदकुमार नेम्वाङ चयन भएका छन् ।

सभाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम पारित गरेको छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, समसामियक विषयलाई समेटे नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रतिक्रिया