पर्सा । ट्याम्पुमा लोड गरेको गाँजासहित दुईजना पक्राउ परेका छन् । बिशेष सुचनाको अधारमा प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलिले लागु औषध गाँजा बोकेको ट्याम्पु समेत दुई जनालाई पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक मनोज यादवको कमान्डमा खटिएको टोलिले ना १ ह ५८९३ नम्बरको ट्याम्पुमा लोड गरिएको ३२ किलोग्राम लागु औषध गाँजा सहित दुई जनालाइ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ट्याम्पु चालक र मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं १९ बस्तिपुर बस्ने हिरालाल स्याङ्गतान र सोहि निवासी लक्ष्मी मोक्तान रहेका छन् ।
पर्सा
प्रतिक्रिया