पाँचथर । फिदिम नगरपालिकाको आथिर्क सहयोगमा पाँचथर जिल्ला अस्पतालमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा दुई सय ५० जनाले उपचार गराएका छन् । शिविर सञ्चालनमा जनसेवा पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले संयोजन गरेका थिए।
शिविरमा १९ सय ६ जनाले चेकजाँच गराए । शिविर असोज एक देखि ५ गते सम्म सञ्चालन गरिएको थियो । उक्त शिविरमा ताप्लेजुङ, तेह्रथुम र पाँचथरबाट बिरामी आएका थिए । शिविरमा उपचार लिने सबैभन्दा बढी फिदिम नगरपालिका भित्र रहेका बिरामी सहभागी रहेको नगर प्रमुख मित्र प्रसाद काफ्लेले जनाएका छन् ।
उक्त शिविरमा मेची आँखा अस्पतालका १६ जना प्राबिधिकको सहयोगमा शल्यक्रिया गरिएको नगरप्रमुख काफ्लेको भनाइ छ । आँखा शिविरको समापनलाई संविधान सभाका सदस्य भिष्मराज आङदेम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । फिदिम नगरपालिकाले बिभिन्न मानवीय कार्य गर्दै आएको छ ।
प्रतिक्रिया