पाँचथर । राकेशरबि–भेडेटार सडक निर्माणमा ढिला भएको विषयमा प्रदेश १ का प्रमुख परशुराम खापुङले संघीय सरकार समक्ष पहल गर्ने बताएका छन् । उक्त सडक खण्ड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कालो पत्रे शिलान्यास गरेका थिए । सडक निर्माणमा ढिलाई हुँदा आवतजावतमा कठिनाई भएको छ ।
प्रमुख खापुङ समक्ष जिल्ला का जनप्रतिनिधि, सरकारी निकायले मङ्गलबार जानकारी गराए । फिदिम नगरपालिका को स्वागत तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । जिल्लाको भौतिक भौगोलिक पुर्वाधार, सडक, खानेपानी, शिक्षा स्वास्थ्य, सुरक्षा को अवस्था बारे, नगर उप प्रमुख राधाकृष्ण न्यौपाने, सिडिओ गणेश गैरे, जिसस प्रमुख रामराज आङदेम्बेले उक्त बिषयमा जानकारी गराए ।
नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षमा भएको सभामा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले जिल्ला र नगरको संक्षिप्त परिचय दिएका थिए । उक्त सभालाई खापुङले नीतिगत रुपमा मेरुदण्डमा रहेको स्थानीय निकायलाई मजबुत बनाउन सकिने बताए । उक्त जिल्लाका समस्या समाधान गर्न उपल्लो सरकारसमक्ष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया