राष्ट्रिय परिचयपत्रका मोरङमा २ लाख बढी विवरण संकलन

विराटनगर । मोरङ जिल्लाका १० वटा पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने काम सम्पन्न भएको छ । १७ वटा पालिकामध्ये १० वटा पालिकामा विवरण संकलनको काम सम्पन्न्न भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । राष्ट्रिय परिचयपत्र वनाउनका लागी मोरङ जिल्लामा अहिलेसम्म २ लाख ४५ हजार ८ सय बढि विवरण संकलन भइसकेको छ । नेपाल सरकारको राष्ट्रिय अभियानअन्र्तगत गत असोज–४ गतेवाट मोरङमा यो अभियान सुरु भएको हो ।

रंगेली, सुनवर्सी, तथा रतुवामाई, उर्लाबारी नगरपालिका तथा धनपालथान, कटहरी, जहदा, मिक्लाजुङ, केराबारी साथै ग्रामथान गाउँपालिकामा गरी १० वटा पालिकामा विवरण संकलनको कार्य सम्पन्न भइसकेको छ । त्यस्तै लेटाङ नगरपालिकामा अभियान सञ्चालनको तयारीमा छ । प्रमुख जिल्ला अधिकारी दाहालले आगामी दिनमा नेपाल सरकारबाट प्रभावहुने सबै प्रकारका सेवा राष्ट्रिय परिचयपत्रमा समेटिने भएकाले नेपाली नागरिकता भएका सबैलाई परिचयपत्र बनाउने अभियानमा सहभागी हुन आग्रह गरे । जनशक्ति केही कम भए पनि अभियानलाई सफल बनाउन राष्ट्रसेवक कर्मचारीहरूले दिनरात खटिरहेकाले आगामी तीन÷चार महिनामा मोरङका सबै पालिकामा विवरण संकलन गर्ने कार्य सम्पन्न हुने उनको भनाइ छ ।

अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले घरदैलोमा गएर सेवा प्रभाव गर्दै आएको त्यसबाहेक जिल्ला प्रशासन कार्यालय मोरङमा चार वटा स्टेसनमार्फत साथै रंगेली, तथा उर्लाबारी इलाका प्रशासन कार्यालयमार्फत पनि विवरण संकलन गर्ने काम भइरहेकोले विदेश जान वा चाँडै परिचयपत्र आवश्यक पर्ने व्यक्तिका लागिसमेत जिल्ला प्रशासनवाट सेवा लिनेगरी व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अभियानका फोकल पर्सन सरदकुमार पोखरेलले बताए ।

परिचयपत्र पत्र बनाउन नागरिकता भएकाहरूको जैविक, व्यक्तिगतसहित आँखाको रेटिना तथा औँठाको छापसहित विवरण संकलन गरिने भएकाले फर्ममा आआप्mनो विवरणभर्दा शुद्ध र सफासँग भर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ । उनका अनुसार नेपालभरी अहिलेसम्म ८६ लाख बढी विवरण संकलन भइसकेको छ ।

लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतले घरदैलोमा आएको यो अभियानलाई सफल बनाउने दायित्व सबैको रहेकाले यस बारेमा स्थानीय स्तरमा जानकारी गराउनसमेत वडा अध्यक्ष तथा वडा सदस्यहरूलाई आग्रह गरे । पालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले नगरपालिकामा भएका विकास निर्माण, शान्ति सुरक्षाको तथा सेवा प्रभावको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

परिचयपत्र बनाउनका लागि जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताको आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले मोरङ जिल्लामा बनाउँदा बसाइँसराइको कागजपत्र अनिवार्य पेस गर्नुपर्ने हुन्छ । पालिकामा राष्ट्रिय परिचयपत्र बनाउन टोली घरदैलोमा पुगेपछि सर्वसाधारणसमेत उत्साहित भएका छन् । जसका कारण पालिकामा सञ्चालन हँुदै आएको यो अभियानमा सर्वसाधारणहरूको उल्लेखनीय सहभागिता हँुदै आएको छ ।
लेटाङ नगरपालिकामा अभियानको शुभारम्भ भइसकेकाले केही दिनभित्रै परिचयपत्र बनाउने टोलीले काम सुरुगर्ने प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

प्रतिक्रिया