पर्सा । मिर्मिरे लघुवित्त संस्थाले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा आज पर्साको ठोरी गाउँपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिका– ५ स्थित सुवर्णपुर सहिद स्मारकलगायत सुवर्णपुर बजारको सरसफाई गरिएको छ ।
मिर्मिरे लघुवित्त लिमिटेडले संस्थाको वार्षिक उत्सव कार्यक्रमको अवसरमा सो सरसफाई आयोजना गरेको हो । उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोग रहेको थियो । मिर्मिरे लघुवित्त वित्तीय संस्था सुवर्णपुरले वार्षिक दिवसको अवसरमा विभिन्न कार्यक्रम मनाएको संस्थाका शाखा प्रमुख महम्द मकसुद अंसारीले बताए ।
उक्त संस्थाले आयोजना गरेको सरसफाई कार्यक्रम संस्थाका अध्यक्ष एवं मधेस प्रदेश प्रमुख रामकिसोर चौधरीको सभापतित्वमा सम्पन्न भएको छ । साथै, चौधरीले संस्थाले आगामी दिनमा उच्च व्यवसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै यो संस्थाको उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरसफाई कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष अस्तबहादुर लोप्चनको प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रममा मिर्मिरे लघुवित्त संस्थाका अध्यक्ष महम्द मकसुद अंसारीका साथै किरण कुमार परियार, निरञ्जन चौधरी, सुजन क्षेत्री, रबिन्द्र चौधरी, कृष्ण बोहरा, सशस्त्र प्रहरी निरिक्षक दिपक नापित, नेपाल प्रहरीका रामबाबु यादवलगायत त्यस संस्थामा आवद्ध महिला र स्थानीयहरुको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रममा बाटो र नाला सरसफाई गर्नुका साथै चोकमा रहेका पसलेहरुलाई सरसफाई सम्बन्धमा सचेतना गराइएको थियो । उक्त संस्थाले चोकहरुमा डस्टबिन वितरण समेत गरेको छ ।
पर्सा
प्रतिक्रिया