पाँचथर । फिदिम नगरपालिका १ निवासी ५३ वर्षिया पत्रकार तथा लेखक रामप्रकाश समथिङ्ग गुरुङको शनिवार फेमे खोलामा अन्त्यष्टि गरिएको छ । पत्रकार समथिङ्गको भदौ ३० गते झापाको बिर्तामोड बिएन्ड सि अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । गुरुङ पत्रकारिता र मानवअधिकार र सामाजिक क्षेत्रमा काम गर्दै आएका थिए । समथिङ्ग नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पुर्व कोषाध्यक्ष र केन्द्रीय प्रतिनिधि रहेका थिए ।
उनले मोफसलमा रहेर ५५ कृति प्रकाशित गरेका थिए । समाज रहेका असहाय, असक्तलाइ बिभिन्न संघ संस्थामा रहि आर्थिकरुपले बिपन्न नागरिकलाई सहयोग गर्ने अभियानको रुपमा काम गर्दै आएका थिए । पत्रकार समथिङ्ग नेपाल सरकारले सामाजिक अभियन्ताको रुपमा योगदान दिएको भनि जनसेवा श्रीपदकबाट विभुषित हुने विशिष्ट व्यक्तिको रुपमा परिचित व्यक्ति हुन् । पत्रकार समथिङ्गको अन्त्यष्टिमा छिमेकी जिल्ला, नगर, पालिकाबाट हजारौंको संख्यामा गुरुङ प्रति श्रद्धाञ्जली दिन पुगेका थिए ।
प्रतिक्रिया