श्रीमातीलाई खुकुरी प्रहार गर्ने श्रीमान् पक्राउ

काभ्रे । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान् पक्राउ परेका छन् । आज शनिबार बिहान ५ बजेको समयमा जिल्लाको रोशी गाउँपालिका– ७ बिक टोल बस्ने वर्ष ३२ का राजकुमार बिकले घरायसी झगडाको कारण आफ्नै श्रीमती वर्ष ३१ की साईली बिकलाई खुकुरी प्रहार गरेका छन् ।

रोशी गाउँपालिका– ११ भिमखोरीस्थित ससुराली घरमा खुकुरीले श्रीमती साईलीको शरिरका विभिन्न भागमा प्रहार गर्दा गम्भीर घाईते भएकी छन् ।

प्रहरीलाई बिहानै गाउँलेले दिएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोली र स्थानिय मानिसहरु समेत भई निज घाईतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाई उपचार भईरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाईतेका श्रीमान् राजकुमार ईलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

प्रतिक्रिया