डा. गोविन्द केसीको २०औँ सत्याग्रह धनगढीमा सुरु

धनगढी । डा. गोविन्द केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु गरेका छ्न । डा. केसीले सोमबार साँझबाट धनगढीमा सत्याग्रह सुरु गरेका हुन । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दिएको समयसीमामा मागहरु पूरा नभएकोले सत्याग्रह सुरु गरेको बताए ।

उनले भने सरकारलाई माग सम्बोधन गर्न दिएको समयसीमा सकियो,सरकारबाट कुनै प्रतिक्रिया आएन त्यसैले सत्याग्रह सुरु गरे । केसीले आफ्ना माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका थिए ।

प्रधानमन्त्री देउवाले माग पूरा गर्ने आश्वासनम मात्रै दिए माग पूरा गरेनन् त्यसैले प्रधानमन्त्री देउवाकै क्षेत्र धनगढीमा सत्याग्रह गर्न आए उनले भने । स्वास्थ्य क्षेत्रका समस्यामा सरकार गम्भीर नभएको उनको आरोप छ । डा.केसी ७ बुँदे माग सहित सत्याग्रहमा बसेका छ्न ।

प्रतिक्रिया