सिलौटो निर्माणमा प्रयोग हुने ढुंगामा रोक

लमजुङ । लमजुङ जिल्लाको सदरमुकाम बेसिशहर भनिएता पनि यहाँ बसोबास गर्ने सर्वसाधारण जनातालाई अझै जीवन निर्वाह गर्न निकै कठिन भएको छ ।

रोजगारको अवसरबाट वञ्चीत भएपनि आफ्ना पुस्ताले गर्दै आएको व्यवसाय भनेको सिलौटो निर्माण हो । यही काम गर्छु भन्दा आवश्यक पर्ने ढुंगा खोलाबाट ल्याउन नपाएको बताउँछन् बेसिशहर नगरपालिका वडा नम्बर ८ का बलबहादुर बसेल ।

वर्षौँदेखि सुकुमबासीको रुपमा बस्दै आएको र घरपरिवार चलाउन आम्दानीको स्रोत अरु नभएपछि आफ्नै पुर्खौली व्यवसायलाई मुख्य पेशाको रुपमा लिएर सिलौटो निर्माणलाई निरन्तरता दिएको उनले बताए ।

उनले भने, ‘पालिकामा सिप सिक्ने अवसर आएपनि हामी सर्वसाधारणलाई कुनै जनाकारी हुँदैन, अवसर पाइहाले पनि नातावाद बढी चल्छ, निर्वाचन आउँदा जति आस्वासन दिइन्छ निर्वाचन पछि त्यसको कुनै सुनुवाई हुँदैन, अरु त परै जावोस्, हातमा सिप हुँदा पनि राम्रोसँग दुःख गरिखाना पाइएको छैन्, हामी बेरोजागारीको मारमा परेका छौँ ।’

नगरपालिकाले यस विषयमन सहज वातावरण मिलाइदिए घरपरिवार चलाउन त्यति मुस्कील नपर्ने बसेलको भनाइ छ । उनले सम्बन्धीत निकायले सबै नागरिकको विचार तथा समस्यालाई मध्यनजर गरेर समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘यहाँ सर्वसाधारण जनताको लागि गरिखाने राम्रो व्यवस्था छैन, पहुँचवालाले जे गर्दा पनि हुन्छ, हामी गरिबले एउटा सिलौटो बनाउनको लागि ढुंगा लिन जाँदा पनि अनेकौँ बहाना बनाएर जानुपर्छ, यसैलाई भन्छन् सानालाई ऐन ठुलालाई चैन ।’ उनले आफ्नो समस्याको सहज गराइदिन सरोकारसमक्ष आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया