धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले भ्रष्टाचार बिरुद्ध आवाजमा आफूले पनि साथ दिने बताएका छन् । बागेश्वरी असल शासन क्लव (बास) ले धनगढीमा शनिबार आयोजना गरेको भ्रष्टाचार विरुद्ध प्रथम सुदूरपश्चिम युवा सम्मेलनमा आफ्नो यस्तो धारणा राख्दै मन्त्री बोहराले यस्तो बताएका हुन् ।
उनले आफू युवा अवस्थामा हुँदा देखी नै भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएको बताए । उनले भने, ‘यसमा मेरो पूर्ण समर्थन छ, मन्त्री हुनु अगाडी देखि नै भष्टाचार विरुद्ध उठाउदै आएको हुँ ।
नेपालको सवै अधिकार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको काममा आफ्नो चित्त नबुझेको मन्त्री बोहराले बताए । केही व्यक्तिलाई मात्र कानुनी दायरामा ल्याए पनि धेरै ठाउँमा अख्तियारले पारदर्शी ढङ्गले काम नगरेको उनको आरोप छ ।
कार्यक्रम बोल्दै बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले भ्रष्टाचार विरुद्धको आवाज उठाउँदा आएका अफ्ठ्यारोले अभियानलाई कुनै असर नगरेको बताइन् । उनले भनिन्, ‘न हामी थाकेका छौं, न थाक्ने छौं, आगामी दिनहरूमा हाम्रो यो हिम्मतलाई अझै ससक्त रुपमा बढाउदै लैजाने छौं ।’
कार्यक्रममा बास सुदूरपश्चिम प्रदेशले उत्कृष्ट शाखा, उप–शाखा, कर्मचारीहरूलाई सम्मान तथा कार्यक्रम सफल पार्न सहयोग गर्ने संघ संस्थालाई सम्मान पत्र वितरण गरेको थियो । कार्यक्रम सुरु हुनु पूर्व धनगढीको चौराहावाट प्रभात फेरी सुरु भएको थियो । सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका युवाहरूको सहभागीता रहेको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा, बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, बास नेपालका सल्लाहकार कृष्णहरी बास्कोटा लगायतको सहभागिता रहेको थियो ।
बझाङ
प्रतिक्रिया